काठमाडौं — पछिल्लो एक महिनामा खाना पकाउने तेलको मूल्य प्रतिलिटर २० देखि ५० रुपैयाँसम्म बढेपछि उपभोक्ता मारमा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, डलर महँगो हुनु र ढुवानी अवरोधका कारण मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।
हाल सनफ्लावर तेलको मूल्य प्रतिलिटर करिब २९० रुपैयाँभन्दा माथि पुगेको छ। यसबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमन तीव्र पार्दै कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
नेपालमा खाने तेल मुख्यतः अर्जेन्टिना, इन्डोनेसिया र युक्रेनलगायत देशबाट आयात हुने गरेको छ।


