काठमाडौँ – नेप्से परिसूचक बुधबार २४.४५ अंकले घटेर २,९३५.९४ मा कायम भएको छ।
३४५ कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर रु १५.९ अर्बमा खरिदबिक्री भएका छन्। उत्पादन र व्यापार समूह बाहेक सबै उपसूचक घटेका छन्।
सबैभन्दा धेरै गुमाउनेमा अभियान लघुवित्त वित्तीय संस्था रहेको छ भने कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेड सबैभन्दा अगाडि रह्यो।


