काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।
गत वर्षको तुलनामा करिब १५ प्रतिशतले निर्यात वृद्धि भएको हो। यस अवधिमा प्रशोधित भटमास तेल, पाम तेल, सूर्यमुखी तेल, जुस र कपडा मुख्य निर्यात वस्तु रहेका छन्।
त्यसैगरी, आयात पनि सोही अवधिमा करिब १५ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ।


