नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फका सांसदहरूको नाम भोलि निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्दसूचीमा रहेका उम्मेदवारबाट क्लस्टर मिलाएर सबै समूहको प्रतिनिधित्व हुने गरी नाम टुङ्ग्याउने प्रक्रिया जारी छ। हालसम्म अन्तिम सूची तय नभए पनि भोलिसम्म आयोगमा पठाइने तयारी भइरहेको उनले बताए।
प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाखभन्दा बढी मत ल्याउँदै ३८ सिट प्राप्त गरेको छ।


