Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस कार्यसमितिमा नेविसंघ नेतृत्वमाथि कारवाहीको संकेत

कांग्रेस कार्यसमितिमा नेविसंघ नेतृत्वमाथि कारवाहीको संकेत

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने कार्यसमितिको बैठकमा पार्टीका भातृ संगठनसम्बन्धी छलफल हुने भएको छ।

विशेष ध्यान नेपाल विद्यार्थी संघ (नेविसंघ) मा केन्द्रित छ, जसले हालै कांग्रेसको भातृ संगठनको रुपमा नरहने निर्णय गरेको थियो। कांग्रेस नेतृत्वले यसलाई गम्भीर रूपमा लिएको र बैठकमा नेविसंघ नेतृत्वमाथि कारवाहीको प्रस्ताव पेश हुन सक्ने संकेत भएको छ।साथै, अन्य भातृ संगठनको समीक्षा गर्न एउटा टिम गठन गर्ने सम्भावना पनि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *