प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन्।
समितिले उजुरी दर्ताका लागि दिएको समय सोमबारसम्म कायम रहेको छ। संवैधानिक परिषद्को सिफारिसपछि समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमतामाथि सुनुवाइ तथा छानबिन गर्ने व्यवस्था छ।
उजुरीमाथि छलफलपछि डा. शर्मासँग प्रत्यक्ष सुनुवाइ गरिने जनाइएको छ।


