Friday, March 13, 2026
Home > विराटनगर समाचार > विराटनगरबाट ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगरबाट ११ किलो गाँजासहित दुई भारतीय पक्राउ

विराटनगर महानगरपालिका–३ बाट प्रहरीले ११ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन्।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूको झोला जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *