झापा — बिर्तामोडमा होटलमा काम गर्ने एक युवकलाई छुरा प्रहार गरिएको छ। बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिकै रहेको ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि आइतबार साँझ करिब ६ बजे छुरा प्रहार भएको हो।
छुरा प्रहारबाट लिम्बूको बायाँ खुट्टाको तिघ्रामा चोट लागेको छ। घाइते लिम्बूको Birtacity Hospitalमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न मेचीनगर–१० का ३१ वर्षीय धिरज गुरुङ र १७ वर्षीय विशाल चौधरीलाई प्रहरीले बाल्मीकि स्कुल नजिकबाट पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


