Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > यूएईस्थित नेपाली दूतावासले अफवाह नफैलाउन अपिल

यूएईस्थित नेपाली दूतावासले अफवाह नफैलाउन अपिल

काठमाडौं — युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र सुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।

दूतावासले गैरकानुनी गतिविधिमा संलग्न भए १–३ वर्ष कैद र १–२ लाख दिराम जरिवाना हुन सक्ने चेतावनी दिएको छ। यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन दूतावासले सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *