काठमाडौं । नेकपा सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बजेटमा गरिएको कर हेरफेरबारे छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले करका दर परिवर्तन गर्नु आर्थिक अपराध भएको दाबी गर्दै आफ्नो कार्यकालसहित विगत र वर्तमान सबै बजेटको निष्पक्ष छानबिन गर्न चुनौती दिएका छन्। साथै उनले संसदीय छानबिन समिति गठनको माग पनि गरेका छन्।


