Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > पाथीभरा मन्दिरमा फागुनमा ३१ लाख भेटी सङ्कलन

पाथीभरा मन्दिरमा फागुनमा ३१ लाख भेटी सङ्कलन

ताप्लेजुङ — पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा फागुन महिनामा भक्तजनले रु ३१ लाख १० हजारभन्दा बढी भेटी चढाएका छन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार १८,६५२ जनाले दर्शन गरेका थिए। सङ्कलित भेटी नेपाल प्रहरीको रोहबरमा सुरक्षित रूपमा फेदीसम्म ल्याइएपछि फुङ्लिङस्थित समितिको कार्यालयमा बैंकमा जम्मा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *