पोखरा । पोखरा महानगरपालिका–२१ स्थित फोहोर व्यवस्थापनस्थलमा बिहीबार शंकास्पद बमजस्तो वस्तु फेला परेको छ।
फोहोर संकलन गरिएको सामग्री छान्ने क्रममा उक्त वस्तु भेटिएको प्रहरीले जनाएको छ। वस्तु बम हो वा होइन भन्नेबारे नेपाली सेनाले परीक्षण गरिरहेको छ।
घटनापछि सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएको जनाएको छ।


