उदयपुर, १ चैत २०८२ – उदयपुरको बेलका नगरपालिका-२ गिदेरी खोला नजिक ट्याक्टर दुर्घटना हुँदा चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ।
आइतबार बिहान सवा १० बजे बानडाँडाबाट गिदेरीतर्फ खेत जोत्न जाँदै गरेको ट्याक्टर गिदेरी खोलाको उकालो निस्कने क्रममा पल्टिएर दुर्घटना भएको हो। मृत्यु भएका चालकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।


