काठमाडौं — सर्वोच्च अदालतले धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासले आयोगको निर्णय यथावत रहने आदेश दिएसँगै उक्त क्षेत्रमा निर्वाचित घोषित मात्रिका यादवको सांसद पद कायम रहने भएको छ।


