Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री अनुपस्थित हुँदा अन्तर्राष्ट्रिय छवि बिग्रने चिन्ता : महावीर पुन

प्रधानमन्त्री अनुपस्थित हुँदा अन्तर्राष्ट्रिय छवि बिग्रने चिन्ता : महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको अनुपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउने प्रयास भइरहेको तर सफल नभएको बताए। यस्तो अवस्था अन्तर्राष्ट्रिय मिडियामा पुगे देशको छविमा असर पर्न सक्ने उनको भनाइ थियो।

पुनले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय ख्याति घट्ने सम्भावनाबारे समेत टिप्पणी गर्दै संसद् बहसप्रति ध्यान दिनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *