Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > सेयर मार्केट्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ : २२ करोड जरिवाना र ६ वर्ष कैद

सेयर मार्केट्सका पूर्वअध्यक्ष श्रेष्ठ पक्राउ : २२ करोड जरिवाना र ६ वर्ष कैद

काठमाडौं — नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका पूर्वकार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ लाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ।

सर्वोच्च अदालतले उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै २२ करोड ६७ लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाएको थियो। ६९ वर्षीय श्रेष्ठलाई नागार्जुन नगरपालिका–५, सीतापाइलाबाट नियन्त्रणमा लिइएको र फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *