सहमति नभए निर्वाचनबाट निर्णय हुने
नेकपा एमाले को संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङ ले दाबी गरेका छन्। ललितपुरस्थित केन्द्रीय कार्यालयमा छलफल जारी छ।
सुहाङले युवा प्रतिनिधित्वको लागि आफूलाई नेता बनाउन आग्रह गरेका छन्। सहमति नभए निर्वाचन प्रक्रियाबाट दलको नेता टुङ्ग्याइने छ। एमालेले फागुन २१ को निर्वाचनमा २५ सिट जितेको थियो।


