काठमाडौं — बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम आइतबार दोस्रो पटक ९ खर्ब रुपैयाँ कटेको छ। यसअघि फागुन १३ मा ९ खर्ब १२ अर्ब कटेको थियो।
राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत बैंकहरूबाट पैसा तानेको हो। बैंकहरूमा हाल ७७ खर्ब ६४ अर्ब निक्षेप छ भने ५८ खर्ब ११ अर्ब कर्जा लगानी भएको छ। कर्जा लगानी कम भएकाले बैंकहरूले पैसा राष्ट्र बैंकमा २.६३–३ प्रतिशत ब्याजदरमा राखिरहेका छन्।


