काठमाडौं, २ चैत – नयाँबजारमा कुकुरलाई बाँधेर कुटेर मार्ने आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। ललिता राना, राधिका श्रेष्ठ, र रुपा ढुंगेललाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। घरधनी जगन्नाथ श्रेष्ठ भने फरार छन्। पशु अधिकारकर्मीहरूले संलग्न सबैलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।
मुलुकी अपराध संहिताअनुसार, यस्तो क्रूर व्यवहार गर्ने व्यक्तिलाई तीन महिना कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ। कुकुर मार्ने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय पनि हुन सक्छ।


