मोरङमा सुनजस्तो देखिने पहेँलो धातु देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा कनकाई–९ का धकलबहादुर थिङ रहेका छन्। उनले बेलबारीकी ७८ वर्षीया महिलाबाट सुनको सिक्री लुटेको आरोप छ। बसबाट घर फर्किँदै गरेकी पीडितलाई ‘यूकेबाट ल्याएको सुन’ भन्दै नक्कली धातु देखाएर प्रलोभनमा पारी लुटपाट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले थिङलाई झापाबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। गिरोहका अन्य सदस्यको खोजी जारी छ।


