इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटमार्फत आक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पछिल्ला दिनयताकै यो सबैभन्दा भीषण आक्रमण मानिएको छ।
आक्रमण हुनुभन्दा करिब छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई सुरक्षा सतर्कता अपनाउन अलर्ट जारी गरेको थियो।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन। यसअघि पनि गत साता दूतावासलाई लक्षित गर्दै आक्रमण भएको थियो।


