लन्डनको ट्राफल्गर स्क्वायर मा प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्धविरुद्ध भएको प्रदर्शनका क्रममा ५०० भन्दा बढी मानिस पक्राउ परेका छन्। मेट्रोपोलिटन प्रहरीले १८ देखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरूलाई प्रतिबन्धित समूहप्रति समर्थन जनाएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
‘डिफेन्ड आवर ज्युरिज’द्वारा आयोजित प्रदर्शनमा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्नुका साथै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए।
सन् २०२५ जुलाईदेखि प्यालेस्टाइन एक्सनमाथि आतंकवादसम्बन्धी कानुनअन्तर्गत प्रतिबन्ध लागे पनि यसको वैधानिकता अदालतमा विचाराधीन छ। प्रहरीले बेलुका सम्म ५२३ जनालाई पक्राउ गरेको जनाएको छ।


