काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि हुने अभिमुखीकरण प्रशिक्षणमा कडा नियम लागू गरेको छ।
दुई दिनसम्म ग्वार्कोस्थित होटल रोयल तुलिपमा हुने प्रशिक्षणमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ। साथै, कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने तथा पाहुनाको प्रवेशमा रोक लगाइएको छ।
पार्टीले सांसदहरूको खाना र आवास व्यवस्थासमेत आफैंले गर्ने जनाएको छ।


