Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वसन्तकालीन हिमाल आरोहण: मृत्यु संख्या ५ पुग्यो

वसन्तकालीन हिमाल आरोहण: मृत्यु संख्या ५ पुग्यो

काठमाडौँ — यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा र मकालुमा गरी ५ जनाको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार सगरमाथामा ३ नेपाली गाइड र मकालुमा २ विदेशी आरोहीको निधन भएको हो। सगरमाथामा खुम्बु आइसफल र उच्च शिविर क्षेत्रमा दुर्घटना भएको बताइएको छ भने मकालुमा ७,२०० मिटरभन्दा माथिको “डेथ जोन” मा मृत्यु भएको हो।

यस सिजनमा सगरमाथासहित ३० हिमालका लागि १,१३४ आरोहीले अनुमति लिएर आरोहण गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *