विराटनगर — सोमबार चलेको हावाहुरी र असिनाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा जनजीवन प्रभावित भएको छ।
प्रदेश प्रहरीका अनुसार २१ स्थानमा करिब १.४५ करोड रुपैयाँको भौतिक क्षति भएको छ। ताप्लेजुङमा मात्रै १० स्थानमा घर, विद्यालय र टहरा प्रभावित भएका छन्।
रुख ढलेर अवरुद्ध भएको कोशी राजमार्ग धनकुटाको सल्लेरीमा १० घण्टापछि खुला गरिएको छ।


