काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण यसै महिनाको अन्त्यमा तय भएको चीन भ्रमण करिब एक महिनाका लागि स्थगित गर्ने तयारी गरेका छन्। मार्च ३१–अप्रिल २ का लागि तय गरिएको भेट अब पछि सारिनेछ। ट्रम्पले युद्धको अवस्था कारण आफ्नो उपस्थिती आवश्यक रहेको बताएका छन्।


