Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > निर्वाचन सफलतामा नेकपा नेताहरूको भूमिकाको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

निर्वाचन सफलतामा नेकपा नेताहरूको भूमिकाको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की ले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतलाई बालुवाटारमा बोलाएर आभार व्यक्त गरिन्।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले निर्वाचनले देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएको बताइन्।

त्यसैगरी, प्रचण्डले निर्वाचन नभएको भए देश ठूलो संकटतर्फ जान सक्ने भन्दै प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *