काठमाडौं । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश टेकनाथ गौतमको इजलासले प्रारम्भिक प्रमाणका आधारमा यस्तो आदेश जारी गरेको हो। अधिकारीलाई हालै थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भएको छ।


