काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको समापन सत्रमा सहभागी भएका छन्। कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आयोजना गरिएको थियो। हिजो उद्घाटनमा लामिछाने र बरिष्ठ नेता बालेन शाह अनुपस्थित थिए भने आज शाह पनि कार्यक्रममा उपस्थित छैनन्।


