बुटवल — कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी सहित तीन जनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही ले पीडितको जाहेरीका आधारमा मुद्दा दर्ता गरेको हो। आरोपितमध्ये एक सन्तकुमार यादव हाल थुनामा छन्।
अध्यक्ष चौधरीले भने आफू निर्दोष रहेको दाबी गर्दै कानुनी लडाइँ लड्ने बताएका छन्। अदालतको आदेशपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।


