काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान संविधानप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापनमा उनले शासकीय स्वरूपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था र संविधानप्रतिको प्रतिबद्धता नडगमगाउने स्पष्ट पारे। साथै, पुराना नेताहरूको योगदानलाई सम्मान गर्नुपर्ने उनले बताए।


