Thursday, March 19, 2026
Home > खेलकुद समाचार > राशिद–भुर्तेलको अर्धशतकमा पुलिस क्लबले जय ट्रफी उपाधि रक्षा

राशिद–भुर्तेलको अर्धशतकमा पुलिस क्लबले जय ट्रफी उपाधि रक्षा

काठमाडौं — नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ।

पुलिसले आर्मीले दिएको २२७ रनको लक्ष्य तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गरेको हो। राशिद खानले सर्वाधिक ८१ र कुशल भुर्तेलले ५१ रन बनाए। बलिङमा सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले समान ३–३ विकेट लिए।

गत संस्करणमा पनि पुलिसले फाइनलमा आर्मीलाई हराउँदै उपाधि हात पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *