Thursday, March 19, 2026
Home > स्थानीय समाचार > विराटनगरमा पहिलो ‘घर निर्माण प्रदर्शनी’ हुने

विराटनगरमा पहिलो ‘घर निर्माण प्रदर्शनी’ हुने

विराटनगर — उद्योग संगठन मोरङले चैत १२–१६ गते विराटनगरस्थित जैन भवनमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गर्ने भएको छ।

‘सुरक्षित घर, स्मार्ट जीवन’ नारासहित आयोजना हुने प्रदर्शनीमा ७५ भन्दा बढी स्टलमा घर निर्माण सामग्री, सेवा, भूकम्प प्रतिरोधी प्रविधि, आधुनिक किचन र सोलार प्रणाली प्रदर्शन गरिनेछ। दैनिक दुई घण्टा विशेषज्ञहरूले कार्यपत्रमार्फत वाटर रुफिङ, धमिरा नियन्त्रण, आगो सुरक्षा जस्ता विषयमा जानकारी दिनेछन्।

प्रवेश निःशुल्क रहेको प्रदर्शनीले निर्माण क्षेत्रमा जनचेतना फैलाउने, व्यवसाय र उपभोक्ताबीच नेटवर्किङ बढाउने र नेपाली सामग्री प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *