काठमाडौँ — नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व पाहाँचर्हे जात्रा काठमाडौँ उपत्यकामा धुमधामका साथ तीन दिनसम्म मनाइएको छ। जात्राको पहिलो दिन गणेश, भगवती र भैरवको पूजा गरी पर्वको शुभारम्भ गरिएको थियो। दोस्रो दिन कन्या पूजा र शक्तिपीठका देवदेवीहरूको आराधना गरी शक्ति उपासना र सामुदायिक सहभागिता प्रकट गरिएको थियो। अन्तिम दिन असन क्षेत्रमा परम्पराअनुसार रथ जुधाएर जात्रा सम्पन्न गरिएको छ। जात्रामा भोज र सामाजिक भेटघाटको समेत परम्परा रहेको छ, जसले समुदायमा एकता र सम्बन्ध सुदृढ बनाउने विश्वास गरिन्छ।


