काठमाडौं — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पश्चिम एसियामा बढ्दो तनाव अन्त्य गर्न आग्रह गरेका छन्।
उनले अमेरिका र इजरायललाई युद्ध रोक्न चेतावनी दिँदै इरानलाई पनि आक्रमण बन्द गर्न आह्वान गरेका छन्।
द्वन्द्वले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको भन्दै उनले कूटनीतिक समाधानतर्फ अघि बढ्न जोड दिएका छन्।


