Friday, June 05, 2026
Home > स्थानीय समाचार > नुवाकोटमा घाँस काट्दै गर्दा महिलालाई गोली

नुवाकोटमा घाँस काट्दै गर्दा महिलालाई गोली

त्रिशूली — शिवपुरी गाउँपालिका–३ दियालेमा घाँस काट्न गएकी ४१ वर्षीया कान्छिमाया तामाङलाई सिकारका क्रममा गोली लागेको छ।

बिहीबार दिउँसो लागेको गोली उनको छातीमा लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको छ।

प्रारम्भिक अनुसन्धानमा स्थानीय समूह सिकार खेल्न गएको बेला घटना भएको खुलेको छ। प्रहरीले दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *