Friday, June 05, 2026
Home > विराटनगर समाचार > हावाहुरी आउँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

हावाहुरी आउँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

विराटनगर, चैत ६

हावाहुरी आउँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो आग्रह गरेको हो ।

मौसम विज्ञान विभागले शनिबार विराटनगर क्षेत्रमा तिब्रगतिको हावाहुरी आउने पूर्वअनुमान गरेको जनाउँदै प्रशासन कार्यालयले मोरङ जिल्लामा बसोबास र यात्रा गर्ने नागरिकहरूलाई बिशेष सतर्कता अपनाउन आग्रह गरेको छ । हावा चलेका वेला घरका झ्याल ढोका बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन सञ्चालन गरिरहेको भए रोकेर सुरक्षित स्थानमा बस्नेलगायतका सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *