विराटनगर — मोरङको रतुवामाईमा आफ्नै बाबु ७० वर्षीय सत्रुधन सहनीमाथि आक्रमण गर्ने ४९ वर्षीय श्रवणकुमार सहनीलाई डेढ महिनापछि पक्राउ गरिएको छ।
घरायसी विवादका क्रममा माघ २० गते भएको आक्रमणपछि गम्भीर घाइते भएका सत्रुधन फागुन २८ गते मृत्यु भएका थिए। फरार रहेका श्रवणकुमारलाई झापाको गौरीगन्ज गाउँपालिका–६ बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा राखिएको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान जारी राख्ने जनाएको छ।


