काठमाडौँ — निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी तुलाधर, सगुन शम्शेर जबरा र सचिव कृष्णबहादुर राउत कार्यक्रममा सहभागी थिए।
गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा उपस्थित थिए। आयोगले पहिले नै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ।


