Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नयाँ गाडी दर्ता रोकिएपछि अटो व्यवसायी आकस्मिक बैठक बस्दै

नयाँ गाडी दर्ता रोकिएपछि अटो व्यवसायी आकस्मिक बैठक बस्दै

काठमाडौं – सरकारले नयाँ सवारी साधनको दर्ता रोक्दा अटो व्यवसायीहरू आकस्मिक बैठक बस्ने भएका छन्। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सचिवालयमा बैठक बोलाएको छ। बैठकमा सरकारले ल्याएको व्यवस्थाबारे छलफल गरेर नाडाले धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

यातायात व्यवस्था विभागले वायु प्रदूषण, सडकमा ट्राफिक चाप र जामलाई कारण देखाउँदै सातै प्रदेशका मन्त्रालय र स्थानीय तहलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्न निर्देशन जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *