विराटनगर — मोरङको सुन्दरहरैँचा–२ मा ३४ वर्षीय अनिल अधिकारी मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान हिमाल चोक नजिक नालीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो।
प्रहरीका अनुसार घटनास्थल नजिकै साइकल पनि भेटिएको छ। राति घर फर्कने क्रममा नालीमा खसेर उठ्न नसक्दा मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


