धरानमा फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनलाई जोड्ने ३० करोड रुपैयाँ लागतको ‘वेस्ट टु इनर्जी’ परियोजना नीतिगत अस्पष्टता र स्थानीय तहको आवश्यक सहयोग नपाउँदा बन्द भएको छ।
तीन वर्षअघि सञ्चालनमा आएको परियोजनाले दैनिक बायोग्यास, जैविक मल र पुनःप्रयोगयोग्य सामग्री उत्पादन गर्दै आएको थियो। तर उत्पादनको गुणस्तर, बिक्री तथा प्रयोगसम्बन्धी स्पष्ट सरकारी मापदण्ड नहुँदा बजार विस्तार गर्न नसकिएको सञ्चालक पक्षको भनाइ छ।


