Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो

नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो

काठमाडौँ — नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर घट्दै गएको छ। सोमबार छापावाल सुन तोलामा ६ हजार ५०० रुपैयाँ घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि घटेर तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *