Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको मुद्दा फिर्ताबारे रिट आज सर्वोच्चमा सुनुवाइ हुने

रवि लामिछानेको मुद्दा फिर्ताबारे रिट आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने विषयमा दायर रिट आज सर्वोच्च अदालतमा विचाराधीन छ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेमाथि लागेको मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी फाइल अदालतमा पेश गरेको हो। यसअघि वरिष्ठ अधिवक्ता र कानुन विद्यार्थीहरूले उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए।

निर्देशनअनुसार लामिछानेमाथि केवल सहकारी ठगी मुद्दा मात्रै रहने र अन्य दुई गम्भीर मुद्दा हटाइने व्यवस्था छ। अदालतले आज यस प्रकरणमा सुनुवाइ गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *