Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > मध्यपूर्व तनावबीच अमेरिकाले नागरिकलाई सतर्कता अपनाउन आग्रह

मध्यपूर्व तनावबीच अमेरिकाले नागरिकलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं — मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सामाजिक सञ्जालमार्फत जारी सूचनामा एयरस्पेस बन्द हुन सक्ने र त्यसले यात्रामा अवरोध आउन सक्ने चेतावनी दिइएको छ। साथै इरान समर्थित समूहबाट अमेरिकी हितका स्थानहरू लक्षित हुन सक्ने सम्भावना पनि औँल्याइएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई अनावश्यक यात्रा नगर्न र स्थानीय सुरक्षा सूचनामा ध्यान दिन सल्लाह दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *