Friday, June 05, 2026
Home > खेलकुद समाचार > सुरक्षा चिन्ताका कारण पीएसएल दर्शकविना हुने

सुरक्षा चिन्ताका कारण पीएसएल दर्शकविना हुने

काठमाडौँ — पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण खाली रङ्गशालामा सञ्चालन हुने भएको छ। प्रतियोगिताका खेलहरू अब कराँची र लाहोरमा मात्र हुनेछन्।

मध्यपूर्वमा जारी तनावका कारण सुरक्षा र इन्धन सङ्कट देखिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यस्तो निर्णय गरेको हो। उद्घाटन समारोह समेत रद्द गरिएको छ।

प्रतियोगिता मार्च २६ देखि मे ३ सम्म यथावत् रहनेछ। यसपटक पहिलो पटक ८ टोली सहभागी हुनेछन्, जसमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरीलाई इस्लामाबाद युनाइटेडले अनुबन्ध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *