एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को चेतावनी र पश्चिम एसियाको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।
सोमबार ब्रेन्ट र अमेरिकी कच्चा तेल दुवै ११० डलर नाघ्दै उकालो लागेका छन् । स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोधको जोखिम बढेपछि आपूर्ति अनिश्चित बनेको हो ।
तनाव जारी रहे तेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।


