काठमाडौँ — म्यानचेस्टर सिटीले वेम्बलीमा भएको लिग कप फाइनलमा आर्सनललाई २–० गोलले पराजित गर्दै उपाधि जितेको छ।
सिटीका निको ओ राइलीले दुवै गोल गरे। प्रशिक्षक पेप ग्वार्डिओलाले पाँचौँ पटक लिग कप जित्दै कीर्तिमान बनाएका छन्। यो सिटीको नवौँ लिग कप उपाधि हो, सबैभन्दा धेरै लिग कप जित्ने क्लब भने लिभरपुल हो, जसले १० पटक उपाधि जितेको छ।


