एजेन्सी — इरानमाथि अमेरिका–इजरायल आक्रमणले दिनमै करिब ५० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन भएको प्रतिवेदनले देखाएको छ। यो विश्वका ८४ कम उत्सर्जन गर्ने देशहरूको कुल उत्सर्जनभन्दा बढी रहेको उल्लेख छ।
प्रतिवेदनअनुसार सैन्य गतिविधिमा प्रयोग भएका विमान, जहाज र सवारीसाधनले ठूलो मात्रामा इन्धन खपत गरेका छन् भने भवन र ऊर्जा पूर्वाधारमा भएको क्षतिले उत्सर्जन थप बढाएको छ।
विशेषज्ञहरूले युद्धले जलवायुमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।


