Friday, June 05, 2026
Home > स्थानीय समाचार > सप्तरीमा १४ वर्षीया गर्भवती दलित बालिका बेपत्ता

सप्तरीमा १४ वर्षीया गर्भवती दलित बालिका बेपत्ता

सप्तरीको सुरुंगा नगरपालिका–३, लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता भएकी छन्। सात महिनाकी गर्भवती रहेको भनिएकी ती बालिकालाई घरधनी महेश्वर यादवले बेपत्ता बनाएको आरोप लगाउँदै आफन्तले प्रहरीमा उजुरी दिएका छन्।

बालिकाका बाबुआमाको निधन भइसकेको र उनी विगत १० वर्षदेखि यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। गर्भावस्थाबारे जानकारी बाहिरिएपछि उनलाई लुकाइएको वा अन्यत्र लगिएको आशंका गरिएको छ। घटनामा घरधनी, उनका छोरा, एक वडासदस्यसहित चार जनामाथि अनुसन्धानको माग गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनालाई गम्भीर रूपमा लिएर खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *